सुर्खेत । कर्णाली प्रदेश अस्पतालले सेवा र सुविधामा पहुँच विस्तार गर्दै लगेको छ । सेवा र सुविधामा पहुँच विस्तार भएसँगै अस्पतालमा विरामीको चाप पनि बढ्दै गएको छ । बिरामीको चाप बढ्दै गएपछि अस्पतालले अनलाइनबाटै नाम दर्ता गराउन सकिने व्यवस्था गरेको छ ।
सेवाग्राहीको चाप बढेपछि अनलाइनबाटै नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
अनलाइन सेवाले बिरामीलाई लाइन लाग्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने अस्पतालको दाबी छ । सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा लिनेहरुको घुँइचो लाग्ने गरेको छ । आज ( बिहीवार) देखि उक्त सेवा सञ्चालनमा आएको छ ।



दर्शन खबर । ५ पुष २०८०, बिहीबार