प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : कर्णालीले दिएकाे ३४ रनकाे लक्ष्य काेशीले १९ बलमै भेटायाे

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले सानदार शुरुवात गरेकाे छ ।

आज बिहीवार भएकाे खेलमा काेशीले कर्णाली प्रदेशलाई १० विकेटले हरायाे । कर्णालीले दिएकाे ३४ रनकाे सामान्य लक्ष्य काेशीले १९ बलमै भेटायाे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाएर ३३ रन बनायाे । कर्णालीका लागि कप्तान किरन कुँवरले सर्वाधिक ९ रन बनाइन् । उसका ४ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ३ र एलिशा खडियाले २ विकेट लिइन् ।

तपाईको प्रतिक्रिया