चिसोले कठ्यांग्रिएर तीन वर्षीया बालिकाको मृत्यु

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

चिसोका कारण उनलाई निमोनिया भएको थियो । निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको अध्यक्ष बस्नेत भनाइ छ ।


तपाईको प्रतिक्रिया