१ लाख ५२ हजार बराबरको अबैध चिनी नियन्त्रणमा

सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले  १ लाख ५२ हजार बराबरको अबैध चिनी नियन्त्रणमा लिइएकाे छ । शनिवार राती ८ बजे लुकाई छिपाई नेपलगंजबाट दैलेख  लगिदै गरेकाे ,  ५० के.जीको २६ बोरा र २५ के.जी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५०बोरा चिनी  सुर्खेत सुब्बाकुना चेक पोष्ट वाट नियन्त्रणमा लिइएकाे हाे ।

 

सुब्बाकुना चेक पोष्ट अगाडी डिउटीमा खटिएको प्रहरी टोलीले नेपलगंजबाट दैलेख तर्फ जादै गरेको भे.१ ख.३१४४ नं. को ट्रक लाई चेकजाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अबैध चिनीको बोराहरु  बरामद गरीएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षकलक्ष्मण बहादुर शाही ले जानकारी दिए ।  प्रहरीले  नियन्त्रणमा लिएकाे सामान  भन्सार कार्यालयमा पठाउने तयारी गरिएको  जनाएकाे छ ।

तपाईको प्रतिक्रिया