वीरेन्द्रनगरमा बालकलाई ठक्कर दिएर फरार भएका चालक गुमीबाट पक्राउ ।

सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडक खण्डमा पाँच वर्षीय बालकलाई ठक्कर दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  आठबिस नगरपालिका छ खिड्किज्युला निवासी पाच बर्षका बालक दिग्दर्शन पुरिको मृत्यु प्रकरणमा मोटरसाइकल दुर्घटना गरेर फरार भएका एक अभियुक्तलाई सुर्खेत प्रहरिले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्ति ३० वर्षीय युवा हुन् । उनी गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका अर्जुन पुन रहेको प्रहरीको भनाई छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले पुनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।उनले चलाएको प्रदेश ३०२००२ प ९२०३ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । गोकुल कटेज नजिकै दैलेखका पाँच वर्षीय बालक टेकदर्शन पुरीलाई शनिवार विहान ८ बजे मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरीले फोरलेन सडक खण्डमा रहेका विभिन्न व्यक्तिहरुले पसलहरुमा जडान गरेका सीसीटीभी क्यामराको सहायताले मोटरसाइकल नम्बर पहिचान गरेको हो ।

दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार भएका थिए । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै आइतवार पनि सडक अवरुद्ध समेत गरेका थिए ।घटना लगत्तै प्रहरीले फोरलेन सडक खण्डमा रहेका विभिन्न व्यक्तिहरुले पसलहरुमा जडान गरेका सीसीटीभी क्यामराको सहायताले मोटरसाइकल नम्बर पहिचान गरेको हो ।

मुख्यगरी शान्ति स्टोरमा राखिएको सीसी टिभी क्यामराले फरार रहेका व्यक्तिको पहिचानमा सहयोग पुगेको प्रहरी स्रोतले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले पनि फोरलेन सडकमा बालकलाई ठक्कर दिएर फरार रहेका मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । कार्यालयकाअनुसार नियन्त्रणमा लिएका चालकलाई वीरेन्द्रनगर ल्याउन लागिएको छ ।


तपाईको प्रतिक्रिया