९ बर्षका बालक होस्टेलमा मृत अवस्तामा फेला , आफन्तले पोष्टमार्टम गर्न मानेनन् ।

शुक्रबार साँझ अन्दाजी साढे चार बजेको समयमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा संचालित उषावालवाटिका बोडिङ्ग स्कुलमा कक्षा दुईमा अध्ययनरत दैलेख चामुन्डा विन्दासैनी नगरपालिका वस्ने ९ बर्षका सालम पुलामी आफ्नो होस्टेलको कोठामा मृत अवस्थामा भेटिएका छन् । विद्यालयबाट होस्टेल पुगेसंगै पुलामी आफ्नो विद्यालको पोषाक समेत नखोलिएको अवस्थामा सेतो रंगको फिता जस्तो देखिने डोरीले घाँटीमा बाधि होस्टेलको दुइतले वेडको माथिल्लो वारमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले वताएको छ ।

यता मृतकका आफन्तहरुले विद्यालय प्रशासनको लापरबाहीको कारणले बालकको ज्यान गएको भन्दै विद्यालयका प्रिन्सिपल तथा होस्टेल सन्चालकलाई प्रहरि नियन्त्रण नलिए सव नबुझ्ने अडान राखे संगै प्रहरिले सहमतिमै प्रिन्सिपल र होस्टेल सन्चालक लाई जिल्ला प्रहरि कार्यालयमा लैजाने क्रममा हातमा हतकडी नलाएको भन्दै मृतका आफन्तले ढुङ्गा प्रहार गरेका थिए ।

विद्यालयका प्रिन्सिपल सुशिल भुषाल र होस्टेलका संचालक प्रकाश भुषाल लाई ढुङ्गा हान्दै लखेटेका मृतकका आफन्त थप आक्रोशित बन्दै उषाबालवाटिका माध्यामिक विद्यालयको दश जोड दुईको भवनमा ढुङ्गा प्राहारगरि सिसा भुटाएका आन्दोलनकारीले प्रसाशनीक भवन संगै प्राथामिक तह सम्मको विद्यालय संचालन भवनमा तोडफोड संगै आगजानी समेत गरेका छन् ।

मृतक का बुवा राजन पुलामीले आफ्नो छोराले आत्महत्या नगरि विद्यालय प्रशासनले दोषिलाई लुकाउन खोजेको, यो आत्महत्या हैन हत्या हो भन्दै आरोप लगएका छन् । पुलामीले शुक्रबार राति आफुहरु कालिकोटबाट होस्टेलमा पुग्दा छोराको शव हेर्न दिनुको साटो उल्टो गुन्डाहरुको शैलिमा धरपकड गरि थर्काएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरि कार्यालय सुर्खेतले मृतकका तर्फवाट बुवा राजन पुलामीको किटानि जाहेरि आए संगै प्रकृयामा अगाडि वढि सक्दासमेत मृतका आफन्तले शब पोष्टमार्टम गर्न नमानेको जनाएको छ । मृतकका आफन्तले पोष्टमार्टम गर्न नमाने नेपाल सरकारको नियम अनुसार अगाडि बढ्ने जिल्ला प्रहरि कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया