वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालककाे मृत्यु

सुर्खेत । वीरेन्द्रनगर–३ कर्णाली राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–४ बस्ने रोजिना पुरीका छोरा वर्ष ६ का दिगदर्सन पुरी रहेका छन् ।

शनिवार बिहान ८ः५ बजेको समयमा यरीचोकबाट मुलपानी जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा पुरी घाइते भएका थिए । उनको उपचारका क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्रसिङ बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिएको मोटरसाइकलको नम्बरसमेत पत्ता नलागेको र खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ । बालकको शव हाल कर्णाली केयरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया