भेरीगंगामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मूत्यु

सुर्खेत । सुर्खेतको भेरीगंगामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मूत्यु गएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८ निवासी ४२ वर्षीया उदय थापा रहेका छन् ।

मंगलवार छिन्चु–सुर्खेत सडक खण्डअन्तरगत भेरीगंगा नगरपालिका–१२ को मसिना नजिकै मेहेलकुनाबाट वीरेन्द्रनगर आउँदै गरेको भे ७ प ५८९२ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटनामा हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

घटना लगत्तै थापालाई उपचारको लागि प्रदेश अस्पताल कालागाँउ लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया