विकासमा राजनीतिक गर्नु हुँदैन,उपप्रधान तथा रक्षामन्त्री खड्का

सुर्खेत । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन् ।

बुधबार बिहान प्रेस युनियन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारसँग कुराकानी गर्दै उनले धावनमार्ग विस्तार गर्ने कुरामा आफु सहमत नै रहेको कुरा औंल्याए । यद्यपि दिर्घकालिन रुपमा कर्णालीका लागि नयाँ विमानस्थल भने आवाश्यक रहेको उनको भनाइ छ ।

अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । विकासमा राजनीतिक गर्न नहुने समेत बताएका छन् । खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे ।

उनले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको समेत बताएका छन् । खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताए ।

कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उनले बताए ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया