कालीकोटको फुगाड खोलामा पुल नहुँदा आवत-जावतमा समस्या

सुर्खेत । कालीकोटको फुगाडमा पुल नहुँदा स्थानीयहरुलाई आवत-जावत समस्या भएको छ । शनिबार रातिबाट परेको पानीले खोलामा बहाव बढेपछि अहिले कोरिडोरको शान्तिघाट-जाजरकोट सडक पूणर्रुपमा बन्द भएको हो । कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लाह जोड्ने कर्णाली कोरिडोर निमाणर्ताका फुगाड खोलामा लगाएको बेलीबृज बगाएको तीन वर्षसम्म पुल नबन्दा आवत-जावतमा समस्या भएको छ । पक्की पुल नभएको कारण यातायातका साधन पनि चल्न सकीरहेको छैन ।

 

त्यहाँ रहेको झोलङगे पुल समेत बाढीले बगाएपछि पैदलयात्री यात्राबाट रोकिएका छन् । रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सीमाक्षेत्र फुगाडमा पुल नहुँदा बर्सातको समयमा स्थानीयले दुःख पाउनेगरेका हुन् । अहिले खोलामा पानी बढेकाले दिनभरि फुगाड खोलाको पानीको मात्रा हेरेर खोला किनारमा बस्नुपरेको स्थानीय बताउछन् ।

तपाईको प्रतिक्रिया