काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । भृकुटिमण्डपमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
कांग्रेस नेता यादवमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलका अनुसार नेता यादवमाथि आक्रमण गर्ने नुवाकोटका श्याम सापकोटालाई नियन्त्रणमा लिइएको छ। ’कांग्रेस नेता महेन्द्र यादवमाथि आक्रमण गर्ने नुवाकोटका श्याम सापकोटालाई नियन्त्रणमा लिएका छौं। के कारणले घटना घटेको हो अनुसन्धान भइरहेको छ,’ उनले भने।
यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।


दर्शन खबर । २० भाद्र २०८०, बुधबार