कालीकोटमा माटोको ढिस्कोले च्यापिएर महिलाको मृत्यु

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर एक जना महिलोको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा वडा नं ४ की २७ वर्षीया मीना शाही रहेका छन् ।
वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए ।


तपाईको प्रतिक्रिया