जाजरकोटमा चट्याङ लागेर महिलाको मृत्यु

जाजरकोट ।  जाजरकोटमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका -५ तोल्खान निवासी २६ वर्षीय रेवती सिंहको मृत्यु भएको हो ।

 

सिंह आइतवार दिउँसो ३ बजे बाख्रा चराउन जङ्गल गएको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक डिएसपी सन्तोष रोकाले जानकारी दिए ।
बाख्रा चराउन जङ्गल गएको बेला हावाहुरीसहितको पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख डिएसपी रोकाले बताएका छन् ।

तपाईको प्रतिक्रिया