डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ मा बस्ने एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार घटनामा संलग्न रहेको आरोपमा रुकुम (पश्चिम) आठबीसकोट नगरपालिका ६ मा २१ वर्षीया युवा चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।
बलात्कार आरोपित बोहोरालाई बिहीबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । बोहोराको कोठामा बलात्कार प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र लिखित जाहेरी समेत परेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए ।


दर्शन खबर । १५ भाद्र २०८०, शुक्रबार