यी हुन् प्रतिवेदन स्वीकृत नगरी भुक्तानी दिँदा कारवाहीको सिफारिसमा पर्ने कर्णाली स्थानीय तह

सिमकोट।   कर्णाली प्रदेशका २७ वटा स्थानीय तहलाई राष्ट्रिय किताब खानाले कारवाही गर्न सिफारिस गरेको छ । नियमत स्थायी शिक्षकलाई भलब भत्ता भुक्तानी गर्नुअघि तलबी प्रतिवेदन स्वीकृत नगरी तलब भुक्तानी गर्ने कर्णालीका ती स्थानीय तहलाई कानुन अनुसार कारवाहीको सिफारिस गरिएको हो। किताब खानाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम १२६ उपनियम २ मा किताव खानाको काम कतर्व्य र अधिकार अन्तर्गत स्थायी शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने उल्लेख भए बमोजिक प्रत्येक स्थानीय तहले सामुदायीक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूको तलबी प्रतिवेदन राष्ट्रिय किताव खाना(शिक्षक)बाट पारित गरी तलब भत्ता भुक्तानी गर्नेपर्ने हुँदा शैक्षिक सत्र २०७९ मा तलबी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने कर्णालीका २७ वटा स्थानीय तहलाई प्रचलित कानुन बमोजिक कारवाहीको लागि रिफारिस गरेको छ ।
यसरी कर्णाली प्रदेशका बार्षिक तलबी प्रतिबेदन पारित नगरी तलब भत्ता भुक्तानी गरेको कारण कारवाहीको सिफारिसमा परेका स्थानीय तहरुमा सुर्खेतका लेकवेशी नगरपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका रहेका छन् भने दैलेख जिल्लाका आठबीस नगरपालिका र ठाँडीकाँध गाउँपालिका रहेका छन् ।

 

त्यसैगरी, डोल्पा जिल्लाका ठुलीभेरी नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका, डोल्पोबुद्ध गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुडकेचुला गाउँपालिका काईके गाउँपालिका र छार्काताङसोङ गाउँपालिका कारवाहीको सिफारिमा परेका हुन् ।
यता जुम्ला जिल्लाका कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका र तातोपानी गाउँपालिका परेका छन्। त्यसैगरी कालिकोट जिल्लाका खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका परेका छन् भने सान्नीत्रिवेण, नरहरीनाथ, कालिका, महावै र पलाता गाउँपालिका रहेका छन्।
यस्तै, हुम्ला जिल्लाका नाम्खा, सर्केगार्ड र चङ्खेली गाउँपालिका कारवाहीको सिफारिसमा परेका छन् । किताब खानाले देश भरका भने १६९ स्थानीय तहलाई आवश्यक कारवाहीको सिफारिस गरेको हो। कणर्ाली प्रदेश शिक्षा विकास निर्देशनालय सुर्खेतका प्रमुख दीपा हमालले नियमको पालन नगर्ने स्थानीय तहहरू कारवाहीको सिफारिसमा पर्नु स्वभाविक भएको बताए ।
जसले सामुदायीक विद्यालयका स्थायी शिक्षकको तलब भत्ता भुक्तानी दिन्छ उसले बार्षिक तलबी प्रतिवेदन किताब खानाबाट पारित गराउन अटेरी गर्दाको परिणाम सिफारिसमा परेका हुन् ।


तपाईको प्रतिक्रिया