लेकवेशीले तिन हजार बिरुवा रोप्यो ।

दिपेश लम्साल, सुर्खेत । लेकबेशीका सरोकारवाला हरुले तिनहजार बिरुवा रोपेका छन् । लेकवेशी नगरपालीका ३ गोरामारेमा लेकवेशी नगरपालिकाका नगरप्रमुख श्री उमेश कुमार पौडेलको नेतृत्वमा तिन हजार बिरुवा रोपीएको हो ।

वृक्षारोपण कार्यक्रममा नगर प्रमुख पौडेलले बृक्षारोपण आजको आवश्यक्ता रहेको बताउनुभएको छ । बिरुवा लगाउन मात्र ठूलो कुरा नभइ लगाइएको बिरुवालाइ संरक्षण गरि हुर्काउन ठूलो भएको र सबै मिलि त्यसको संरक्षण गर्नुपर्ने नगरप्रमुख पौडेलको भनाई छ । पछिल्लो पुस्तालाइ नयाँ ज्ञान सिकाउन तथा सबैलाइ आफ्नो गाउँ नजिक रहेको बनको सुरक्षा गर्न अग्रसर गराउनको लागि उक्त कार्यक्रम गरिएको जनप्रतिनिधि तथा बन संरक्षण समीतीमका सचीव श्री मधुसुदन आचार्यले बताउनु भयो ।
नगरपालिकामा एक मात्र रास्टिय बनको रुपमा रहेको उक्त बनलाइ अब सामुदायिक बन बनाउन आफुले सक्दो सहयोग गर्ने सब डिभिजनमा कार्यरत श्री टोपलाल चपाइले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख पौडेलसंगै सब डिभिजन कार्यालय दशरथपुरका कर्मचारी श्री टोपलाल चपाई तथा वडा न ३ का वडा अध्यक्ष श्री लिला अधिकारी लगायत वडाबासीहरुको उपस्थिति रहेको थीयो ।

तपाईको प्रतिक्रिया