वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ

सुर्खेत ।    सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष २४ का तिर्थ रावल रहेका छन् ।

 

उनलाई प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट शंकास्पद अवस्थामा चेकजाचँ गर्दा उनको साथबाट नापतौल नगरेको १८ पुडिया लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया