रुकुमको बाँफीकोटमा मोटरसाइकल दुर्घटना हुदा, एक जनाको मृत्यु

रुकुम । गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति साढे नौ बजे रा ३ प २८६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सानीभेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए ।
बाँफीकोट गाउँपालिकाको गारागाट सडक खण्ड हुँदै छिनखेतबाट पुरानो ठाँटी जानेक्रममा सानीभेरीमा मोटरसाइकल खस्दा २४ वर्षीय नन्दलाल विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि रहेका २३ वर्षीय कपिल विकलाई दुर्घटनापश्चात उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।


तपाईको प्रतिक्रिया