कैलाली कारागारका कैदीको मृत्यु

कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।
बैतडीको दोगदाकेदार गाउँपालिका-५ का चोरी मुद्दामा कैद भुक्तान गरिरहेका २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया