चार स्थानीय तहले बजेट पारित गर्न सकेनन्

सुर्खेत । स्थानीय तहले असार १० मै बजेट ल्याइसक्नुपर्ने हुन्छ भने असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ । तर,पनि कर्णालीका केही चार वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । कतिपय बजेट ल्याएका पालिकाहरूले बजेट पारित गर्न सकिरहेका छैनन् ।
हुम्लाको चंखेली गाउपालिका, तँजाकोट गाउपालिका, सर्केगाड गाउपालिका र सल्यानको कुमाख गाउपालिकाकमा मन्त्रालयले बजेट पेस गर्न बाकी रहेको छन् । तर, हुम्लाका तीनवटै पालिकाले बजेट ल्याएर पनि पारित भइसकेको जनाएका छन् । तथापि वेबसाइटमा प्रविष्ट नगरिएका कारण पेस हुन् बाकी भनेर उल्लेख गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख गरिए अनुसार ७९ वटा पालिका रहेको कर्णालीका ७५ वटा पालिकाले बजेट पेस गरिसकेका छन् भने चार वटा पालिकाले बजेट पेस र पारित गर्न बाकी रहेको छ ।
हुम्लाको चंखेली गाउँपालिकाले भने बजेट पेस भएर पनि पारित भइसकेको जनाएको छ । १० गते गाउसभामा बजेट पेस भएर २१ गते नै पेस भएको गाउँपालिकाका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनुभयो । यद्यपि आफू गाउँपालिका भन्दा बाहिर रहेकाले प्रविष्ट हुन बाकी रहेको उहाले बताउनु भयो ।
तँजाकोट गाउँपालिकाको पनि बजेट पेस भएर पारित भइसकेको गाउपालिकाका प्रवक्ता मंगल नेपालीले जानकारी दिनुभयो । सल्यानको कुमाख गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिको अवरोधका कारण बजेट गाउँसभामा पेस हुन् नसकेको हो । यहा गाउपालिका अध्यक्षसहित कांग्रेसका ४, उपाध्यक्षसहित एमालेको ५ जना रहेका छन् । कार्यपालिकामा वडाध्यक्षसहित माओवादीका १० जना सदस्य छन् । उनीहरूको बहुमत भएकाले अध्यक्ष, उपाध्यक्षले चाहेर पनि बजेट पेस गर्न सकिरहेका छैनन् ।
उपाध्यक्ष्य लालबहादुर रावतले माओवादीका सदस्य साथीहरुका कारण बजेट नै पेस गर्न नसकेको बताउनुभयो ।
उहाका अनुसार ५० करोड बराबरको बजेट ल्याउने तयारी पालिकाको थियो । माओवादीबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष पदमबहादुर बुढा मगरले पालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यशैली नसच्चिएका कारण बैठकमा उपस्थिति नआएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया