स्वर्गीय मन्त्री सिंहसहित तीनै जनाको शनिवार दाहसंस्कार गरिने

दुर्घटनामा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंस्कार शनिवार बझाङमा गरिने भएको छ ।

स्वर्गीय मन्त्री सिंहका जेठो छोरा नर्वेमा छन् । जेठो छोरा शुक्रवार नेपाल आईपुग्नेछन् । त्यत्तिञ्जेल स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शव जिल्ला अस्पतालमा राखिनेछ । जेठो छोरा आएपछि शनिवार स्वर्गीय सिंह दम्पत्ती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गाडी दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।

धनगढीबाट बझाङ जाने क्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मंगलवार दिउसो १ः४५ बजे केदारस्यु गाँउपालिका–१ झारछडामा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया