नेपालगन्ज । बाँकेमा एक पुरुषको शव फेला परेको छ । सोमबार दिउँसो २:३० बजेतिर घरबाट निस्किएका नेपालगन्ज उपमहानगरपालिका-१८ निवासी रवीन्द्र रेग्मीका मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शव फेला परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार घटनास्थल अनुसन्धानका लागि कुकुरसमेत परिचालन गरिएको छ । घरबाट बैठकमा जानू छ भनेर सोमबार भे ६ प ८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी प्राध्यापन पेसामा थिए ।


दर्शन खबर । २३ जेष्ठ २०८०, मंगलवार