सुर्खेत । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आइपुगेका छन्।
कार दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खाती खड्काको परिवारप्रति समवेदना प्रकट गर्न प्रचण्डसहितको टोली सुर्खेत पुगेको हो। केही दिन अघि रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डाक्टर सञ्जु खड्काको मृत्यु भएको थियो ।
भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए ।
सुर्खेत विमानस्थलमा ओर्लेलगत्तै प्रचण्ड सञ्जुका पति सुर्खेत अस्पतालका निर्देशक डा. डम्बर खड्काको घर पुगेका छन्।
प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी छन्।


दर्शन खबर । २३ जेष्ठ २०८०, मंगलवार