म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् ।
साेमवार नाङ्गे जङ्गलको खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते हुनुभएको छ । उहाँको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगाको पाखापानीमा हिजो साेमवार दिउँसो ठूलो पानी परेको थियो ।


दर्शन खबर । २३ जेष्ठ २०८०, मंगलवार