वीरेन्द्रनगरमा रिङ्ग रेस्लिङ्ग महाभिडन्त हुने


सुर्खेत । ७२ औँ मदन जयन्तीको अवशरमा वीरेन्द्रनगरमा दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेकेडेमीको आयोजनामा आगमी जेठ १३ गते प्रतियोगिता हुने भएको हो । एकेडेमिले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा महिला र पुरुष गरी २५ जना खेलाडीले विभिन्न क्याटागोरीमा प्रतिसप्रधा गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा विजेता हुने लाईट वेट, ट्याग टिम च्याम्पियनले ५० ÷५० हजार पाउने छन् भने महिला तर्फ लेडिज वेट च्याम्पीयनले ६० हजार, मिडल वेट च्याम्पियनले ७० हजार, हार्डकोडर च्याम्पियनले ७५ हजार र हेभि वेट च्याम्पियनले १ लाख ५ हजार नगद सहित सबै विजेताले मेडल र प्रमाणपत्र सहित च्याम्पियन बेल्ट पाउने आयोजकले जनाएको छ ।
विभिन्न देशका गरी प्रतियोगितामा २५ जना सहभागि हुने आयोजकले जनाएको छ । १० देखी १२ लाख रुपैँया लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेज विक्रम बस्नेत, केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठ, कर्णाली खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद कुमार हमाल, एकेडेमीका केन्द्रीय सदस्य टिका विष्ट लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया