हिमपहिरोमा हराएका जुम्लाका १२ जना सम्पर्कमा आए

                                                                                               फाइल फाेटाे

मुगु । हिमपहिरोमा परी हराएका जुम्लाका १२ जना सम्पर्कमा आएका छन् । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका २ का उनीहरू जिल्ला प्रशासन कार्यालय मुगुको सम्पर्कमा आएका हुन् ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार शुक्रबार हिमपहिरोमा परेका उनीहरू आइतबार सम्पर्कमा आएका हुन् ।
‘हिमपहरोमा परेकामध्ये १२ जना प्रशासनको सम्पर्क आएका छन् । एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको भनिए पनी यकिन प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
सम्पर्कमा आएकाहरूको उद्दारका लागि हेलिकोप्टरको माग गरिएको र थापाले जानकारी दिए ।
सम्पर्कमा आएकाहरूको अवस्था सामान्य रहको थापाको भनाइ छ । हेलिकोप्टर आएको खण्डमा आइतबार सुरक्षाकर्मीसहितको उद्दार टोली घटनास्थलतर्फ पठाउने तयारी भइरहेको उनको भनाई रहेको छ ।
थापाका अनुसार पूणर्सिंह सार्कीको शव भेटिएको र तारासिंह सार्की र वीरबहादुर बोहोरा अझै बेपत्ता रहेका छन् ।
मुगुमा यार्सागुम्बा संकलनका लागि आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिएको भए पनि उनीहरू अर्कै बाटो हुँदै वैशाख ११ गते पाटनतिर निस्किएका जनाइएको छ ।


तपाईको प्रतिक्रिया