नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा, डेढ महिनामा २ करोड बढी ठगे

काठमाडौं । अनलाइन व्यापार गर्ने नाममा नेपालमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नेतृत्वको गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले १० नेपाली र ९ जना चिनियाँलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने नेपालीमा ५ जना महिला र ५ जना पुरुष रहेका छन् । अनलाइन व्यापारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए ।
अनलाइन व्यापारको नाममा सामान खरिद गर्न लगाएर सामान बिक्री भएजस्तो गरेर सुरूसुरूमा कमिसन पनि पठाउने, तर, लगानी बढ्दै जाँदा कमिसन बन्द भएपछि पीडित ठगिएको थाहा पाउने अवस्था देखिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए ।
उनका अनुसार केही समयअघि एक व्यक्ति अनलाइन व्यापार ४८ लाख रूपैयाँ ठगीमा परेको भएको भन्दै उजुरी लिएर आएका थिए । ५० हजार रूपैयाँबाट लगानी सुरू गरेका ती व्यक्तिले सुरूसुरूमा कमिसन खुरुखुरु पाएपछि ४८ लाख रूपैयाँ लगानी भइसकेको पत्तै नपाएको प्रहरीलाई सुनाएका थिए । त्यसपछि अनुसन्धानका क्रममा उनलाई ठगी गर्ने गिरोह भेटिएको प्रहरीको भनाई छ । प्रहरीले ती पीडितले रकम जम्मा गरेका चारवटा बैंक खाताबाट अनुसन्धान गरेको थियो ।


तपाईको प्रतिक्रिया