एकीकृत समाजवादीले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने


काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ ।
बुधवार बसेको पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले तीन मन्त्रालय नपाएसम्म नाम नपठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
उनकाअनुसार एकीकृत समाजवादी मन्त्रालयको टुङ्गो र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उत्तरको प्रतीक्षामा रहेको छ । प्रधानमन्त्रीको जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्ने उनले बताए ।
प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने उनको भनाइ छ ।
यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया