अवैध घरेलु मदिरा जफत गरी नष्ट (भिडियो रिपोर्ट)


सुर्खेत । नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले अवैध घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । बिहिवार नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ स्थित रहेको शनिहल लाईन्, बजार क्षेत्र, प्रदेश अस्पताल आसपास, बसपार्क क्षेत्र र रातोपुल क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुबाट मधिरा बनाउन प्रयोग गरिने १२० लिटर कच्चा पदार्थ सहित ५ सय २० लिटर अवैध घरेलु मधिरा जफत गरी नष्ट गरेको हो । यस्तै घरेलु मधिरा बनाउन प्रयोग गरिने १ थान भाँडा पनी जफत गरेको छ । मोटो रकम बाजी राखी क्यारबोर्ड खेल्ने गरिएको भन्दै ११ थान क्यारम बोर्ड समेत जफत गरिएको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले जनाएको छ ।
घरेलु मधिरा नियन्त्रणका लागी स्थानिय सरकार, टोल विकास संस्थाहरु तथा समाजसेवी नै अग्रसर हुनुपर्ने र यसको नियन्त्रणका लागी नागरिकहरुलेनै प्रहरीलाई सुचना दिनुपर्ने नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका ईन्चार्ज तथा प्रहरी वरिष्ठ नायब निरिक्षक महेन्द्र कुमार रानले बताए ।
यस्तै घरेलु मधिरा नियन्त्रणका लागी स्थानिय सरकार, प्रहरी प्रशासन र स्वयम नागरिकहरु चनाखो हुनुपर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ की वडा सदस्य मिरा पन्तले बताईन् ।
घरेलु मदिरा नियन्त्रणका लागी स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहने भन्दै वडा सदस्य पन्तले वडाले समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रम गर्ने गरेको बताईन् ।

तपाईको प्रतिक्रिया