निशुल्क स्वाथ्य शिविर कार्यक्रमलाई तिब्रता दिदैँ बराहताल गाउँपालिका


सुर्खेत । बराहताल गाउँपालिका वडा नम्वर ९ लेखगाउँ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । बिहिवार बराहताल गाउँपालिकाको आयोजनामा लेखगाँउ स्वास्थ्य चौकिमा पाठेघरको मुखको क्यान्सर जाँच तथा छाति, मुटु, पेट , फोक्सो ब्लड प्रेसर, थाईराइड , सुगर लगाएत विभिन्न रोगहरुको बिशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिएको हो । विशेषज्ञ डाक्टर विधान पौडेलले विरामीहरुको चेकजाँच गरेका थिए । बिहिवार संचालन गरिएको स्वास्थ्य शिविरमा ४ सय जनाले सेवा लिएका छन्, जसमा २ सय ८१ ज्ना महिला र १ सय १९ जना पुरुष रहेका छन् । यस्तै १ सय २८ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर चेक जाँच गरेका छन् । २ सय जनाले जनरल स्वास्थ चेक जाँच गरेका छन् , जसमा ८० प्रतिशत हाड जोर्नी तथा नसारोग सम्वन्धीका विरामी फेला परेको र उनिहरुलाई निशुल्क औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बराहताल गाउँपालिकाका नागरिकहरुलाई स्वस्थकर जिवनयापन गर्न तथा जटिल रोगहरुबाट बचाउने, समयमै स्वास्थ्य चेक जाँच गरी रोग पत्ता लगाई निदानको उपाय खोज्ने लक्ष्यका साथ शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिए । नागरिकको स्वास्थ्यमा सुधार भएपश्चात मात्र विकासले गति लिने बताउँदै अध्यक्ष भण्डारीले बराहतालका नागरिकहरुको माग अनुसारनै शिविरको आयोजना गरिएको जानकारी दिए । यस्ता प्रकारका स्वास्थ्य शिविरहरु बराहतालका सबै स्वास्थ्य संस्थाहरुमा संचालन गर्ने तथा ग्रामिण अल्ट्रा साउन्ड कार्यक्रम समेत संचालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई रहको छ ।
भण्डारी गाउँपालिका अध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दाको बखतनै बराहतालका नागरिकहरुको स्वास्थ्यमा विशेष जोड दिने, बराहतालका विभिन्न स्थानमा विषेशज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर संचालन गर्नेे निर्णय गरेका थिए । भण्डारी निर्वाचित भएको मिती देखी हाल सम्म गाउँपालिकाका १० वटा वडाका १२ स्थानमा चिकित्सक सहितको निशुल्क आँखा शिविर संचालन गरिएको छ । यस्तै, मुटुरोग सम्वन्धी पालिका स्तरको वृहत स्वास्थ्य शिविर संचालन, पाठेघरको मुखको क्यान्सर सम्वन्धी शिविर संचालन, शारिकि अपाङ्गता भएका १८ वर्ष मुनिका बालबालिकाहरुकका लागी स्वास्थ्य शिविरको आयोजना गरी उनिहरुको स्वास्थ्य चेकजाँच गरी आपाङ्गताको बर्गीकरण गर्ने लगाएतका कामहरु गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया