आज जातीय विभेद उन्मूलन दिवस, वीरेन्द्रनगरमा सांगितिक कार्यक्रम गरिदै


सुर्खेत । आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी ५० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ । सुर्खेतमा पनी आज दलितका लागी दलित नेपालले सांगितिक कार्यक्रमको आयोजना गरेको छ । विहान १० बजेदेखी मंगलगढी चौकबाट बृहत ¥याली गरी घण्टाघर नजिक सांगितिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन् ।
नेपाललाई वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया