सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्वियुका सिजापतीको प्यानल विजयी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्यामपसको स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्वियुको प्यानल विजयी भएको छ ।
गएराती सम्पन्न मतगणनामा अनेरास्ववियुको अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले गठबन्धनका उम्मेदवार हिक्मत शाहीलाई ४ सय ७९ को मतान्तरले पराजित गरेका हुन् ।
सिजापतिले ९ सय ६७ मत प्राप्त गरेका थिए भने सभापतीका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्वियुकै भवानी ढकाल ९ सय ०४ र कोषाध्यक्षमा ललित राना ७ सय ७० मत प्राप्त गरि विजयी भएका छन् ।
सदस्यहरुमा अनेरा स्ववियुकै भरत शाही ८ सय ५४, राधा रिजाल ८ सय ५९, गगन आले ८ सय ८४, रोकाय ८ सय ८८, दिपेन्द्र शाही ८ सय ३०, महेन्द्र खड्का ७ सय ९३, निरा जैशी ८ सय ५० र अशोक बरालले ८ सय ६९ मत ल्याएर विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया