सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी


सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा स्ववियु निर्वाचनको मतदान जारी रहेको छ । आईतवार विहान ९ बजे देखि सुरु भएको मतदानमा कुल ३ हजार ८ सय २२ जना विद्यार्थीहरु सहभागी भएका छन् । यो समाचार तयार पार्दा सम्म ७ सय ५० बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व लिनका लागी लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट सभापतिमा हिक्मत शाही, सचिवमा मिलन बहादुर विसि र कोषाध्यक्षमा रामशरण विक गरी ११ जना प्रतिसप्रधामा रहेका छन् । यस्तै अनेरास्ववियुको तर्फबाट सभापतिमा अक्क्ल बहादुर सिजापती, सचिवमा भुवानी प्रशाद ढकाल र कोषाध्यक्षमा ललित राना सहित ११ जना चुनावी मैदानमा रहेका छन् । अखिल क्रान्तिकारी विप्लवको तर्फबाट सभापतिमा तुलाधर तिरुवा, सचिवमा बसन्त रोकाया र कोषाध्यक्षमा रेखा नेपाली सहित ७ जना चुनावी मैदानमा रहेका छन् । धर्मेन्द्र बास्तोला र मोहन बैद्य निकट अनेरास्ववियु क्रान्तीकारीको तर्फबाट सभापतिमा गणेश बहादुर हिरोजक, सचिवमा कमल बहादुर कार्की र कोषाध्यक्षमा सावित्री सुनार सहित ४ जना चुनावी मैदानमा रहेका छन् । यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट सभापतिमा राजन विक, सचिवमा कमल शाही र कोषाध्यक्षमा मिना सिजापती रहेका छन्, भने स्वतन्त्र तर्फबाट  सभापतीमा गणेश बहादुर शाही, बिरजित बोहोरा र टिकाराम मल्ल रहेका छन्, सचिवमा युवराज एडी, कोषाध्यक्षमा राजन रोकाय र यामुना चन्द चुनावी प्रतिसप्रधामा रहेका छन् ।


तपाईको प्रतिक्रिया