
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ शंकरचौक नजिक एक नवजात शिशुको शव फेला परेकाे छ । ईत्राम स्थित शंकरचोकदेखि करिब ३०० मिटर पुर्व बाँसको झाङ्ग नजिक वेवारिसे अवस्थामा आईतवार बिहान उक्त शिशुको शव फोला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त नवजात शिशुलाई जन्मिएको बित्तिकै मारेर फोलेको हुनसक्ने स्थानियले आंकलन गरेका छन् । शिशुको कसको हो र किन फालियो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवं प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।


दर्शन खबर । ५ चैत्र २०७९, आईतवार