
सुर्खेत । कर्णालीका अर्थमन्त्री विनोदकुमार शाहले चौकुनेमा रहेका बाढीपहिरो पीडितहरुको बस्तीको अनुगमन गरेका छन् । चौकुने गाउँपालिका–८ भाम्लेमा विगत ६ महिनादेखि पालको घरमा बस्दै आएका बाढीपहिरो पीडित बस्तीको अनुगमन गरेका हुन् ।
गत भदौ महिनाको २१ गते अविरल बर्षासँगै आएको बाढीपहिरोले चौकुने गाउँपालिकाका धेरै बस्तीहरुमा क्षति पु¥याएको थियो। बस्ती माथिबाट आएको पहिरो र बस्ती तलतिर नजिकै रहेको खोलामा आएको बाढीका कारण बस्तीनै जोखिममा रहेको छ ।
उक्त टोलका अगुवा टेकबहादुर विकले बाढीपहिरोको कारणले गर्दा देविराम वि.क., जानकी वि.क., टेकबहादुर वि.क., र विष्णा वि.क. को घर पूर्णरुपमा क्षती भएको बताए । उनकाअनुसार उच्च जोखिममा तीन वटा घर रहेका छन् । भने जोखिममा ७ वटा घर रहेका छन् ।
बाढीपीडितको बस्तीमा पुगेपछी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले पुर्नस्थापनाका लागि स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन सुर्खेतसँग समन्वय गरि बस्तीको व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
यस्तै, भदौ महिना नै पञ्चपुरी नगरपालिका–९ र चौकुने गाउँपालिका–९ को सिमानामा पर्ने चौकुने खोलामा आएको बाढी चौकुने र पञ्चपुरीको बसन्त कुन्डा, ठकुरी टोल र खराल टोलमा पसेको थियो । अन्नको लागि उर्भर जमिन रहेको उक्त क्षेत्रमा ६ जना किसानको करिब २४ रोपनी जग्गामा क्षती पु¥याएको छ। भने माथीबाट आएको पहिरोले पुरै जग्गा पुरिदिएको छ । उक्त स्थानको पनि मन्त्री शाहले अनुगमन गरेका थिए ।


दर्शन खबर । ५ चैत्र २०७९, आईतवार