कालीकोटमा शंकास्पद वस्तु फेला

कालीकोट खाँडाचक्र नगरपालिका वडा नं.१ मा शंकास्पद वस्तु फेला परेको छ । मंगलवार कालीकोटको लभढुङ्गा नजिक खानेपानीको पाईप बिछ्याउनको लागी लिग खन्ने क्रममा जमिनमुनि विद्युतिय तार जोडीएको प्लाष्टिकले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

 

फेला परेको शंकास्पद वस्तु पुनः माटोले छोपि राखेको भनि स्थानिय जंग बहादुर शाहिले प्रहरीलाइ जानकारी गराए संगै नेपाल आर्मीको टोलीसंग समन्वय गरी ५ जनाको प्रहरी टोली घटना स्थत तर्फ खटाइएको कर्णाली प्रदेश प्रहरिले जनाएको छ ।


तपाईको प्रतिक्रिया