उपराष्ट्रपति निर्वाचनको मौन अवधि शुरु, प्रचार प्रशार गर्न नपाईने

काठमाडौं । निर्वाचन आयोगले चैत ३ गतेका लागि तय गरेको उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधि शुरु भएको छ । मंगलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो ।
मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् गएराति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरिएको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।
उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगले जनाएको छ ।


तपाईको प्रतिक्रिया