
काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा ६०० रुपैयाँले बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो ।


दर्शन खबर । २९ फाल्गुन २०७९, सोमबार