
दुर्गा विसि । सल्यान । नेकपा (एकीकृत समाजवादी) पार्र्टी बनगाड कुपिण्डेकोे चौथो नगरकमिटिको बैठक सम्पन्न भएको छ । शनिवार सल्लिबजारमा भएको उक्त बैठकलाई नेकपा (एस) का केन्द्रीय सदस्य लोग वहादुर डाँगीले संगठन वलियो र मजवुत वनाउने कुरामा जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी कुनै पनि पार्टीसँग एकता,समायोजन हुने कुरा मिथ्या भएको जिकिर गरे । बरु केही दलहरूसँग मोर्चा तयार हुने तर पार्टी एकता भने नहुने नेता डाँगीको भनाई रहेको थियोे । पार्र्टी संगठनलाई झन मजवुत वनाउन तर्फ जुट्न उनले निर्देशन दिए । नेकपा एसकै कारण पछिल्लो देशमा पुरानो गठबन्धन पनरावृत्ति भएको समेत उनको दावि छ । नगर कमिटीले पार्टी कमिटी गठन,पुर्न गठन,कमिटी विस्तार, सदस्य नविकरण,नयाँ थप लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ । साथै जनवर्गीय संगठनहरुलाइ सकृय बनाउने समेत जनाएको छ । पार्टी केन्द्रको निर्णयलाई माथि देखि तलसम्म लागू गर्नु,कार्यनयन गर्नु सो पार्टीको हालको कार्यायोजना भएको जनाएको छ । चौथो नगर कमिटी बैठकलाई नेकपा (एस) नगर इन्चार्ज गणेश विसि,सह इन्चार्ज टोपवहादुर विष्ट लगाएतका वक्ताहरुले बैठकलाई सम्वोधन गरेका थिए । जिल्ला कमिटी पदाधिकारी,नगर कमिटीहरुको उपस्थिति रहेको थियोे । नगर अध्यक्ष रविराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनवहादुर वुढाले गरेका थिए ।


दर्शन खबर । २७ फाल्गुन २०७९, शनिबार