
दुर्गा विसि । सुर्खेत । आर्थिक समाजिक तथा संस्थागत विकासका लागि पुर्वाधार, शुशानयुक्त समृद्धि सिम्ता गाउँपालिकाको आधार भन्ने मुलनाराका साथ सिम्ता गाउँपालिकाले आफ्नो छैटौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाको स्थापनाकै अवसर पारेर १ वर्ष अघि आफ्नै प्रशासकिय भवनबाट सेवा सुचारु गरेको थियोे । सिम्ता गाउँपालिका अध्यक्ष ऐन वहादुर चन्दले आफू निर्वाचित भए पश्चात गाउँपालिकाको समग्र स्थायी विकास र सम्पूर्ण सम्पत्तिको रक्षाकवजमा राख्ने बताए । राजनीतिक स्थायित्व नहुदाँ माथि देखि तलससम्म सबै क्षेत्रमा यावत समस्या सृजित भएको जनाएको छ । सिम्ता सम्वृद्धिको लागि सबै तहको साझा मुद्दामा सबै सरोकावालाको एकेवद्धता आवश्यक रहेको बताए । राजनीतिक विखण्डनका कारण सिम्ताको स्थायी र दिगो विकासमा निकै समस्या भएकोे भन्दै अध्यक्ष चन्दले यश तर्फ सबै सचेत रहन आग्रह गरे । साथै पालिका दिवसको अवसरमा गाउँपालिकाले शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई सम्मानित गरेको छ । युरोपियन युनियन, हेल्भेटास नेपाल र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारिमा सञ्चालित स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन (प्रोयल) परियोजनाको वित्तिय सहयोगमा कार्यक्रम संचालन गरिएको हो । झण्डै १० भन्दा वढि कर्मचारी सम्मानित गरेको गाउँपालिकाले जनाएको छ । पालिका स्थापना दिवसको अवसरमा स्थापनाकालका गाउँपालिका निवर्तमान अध्यक्ष कविन्द्र कुमार केसि, नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापति टेकबहादुर सिंह, नेकपा एमालेका जिल्ला कमिटी सदस्य दीर्घ मल्ल गाउँपालिका उपाध्यक्ष गोमा रेग्मी लगाएतले आ आफ्नोे मन्तव्य राखेका थिए । सिम्ता गाउँपालिका अध्यक्ष चन्दको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धुर्व केसिले गर्नु भएको थियोे ।



दर्शन खबर । २७ फाल्गुन २०७९, शनिबार