यरीचोक नजिक मोटरसाइकलको ठक्कर बाट एक जना घाइते

    फाईल फोटो

सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदाँ एक जना घाईते भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–३ कर्णाली केयर हस्पिटल अगाडी मुलपानीबाट यरीचोकतर्फ आउदै गरेको भे ५ प ७६२७ नम्बरको मोटरसाइककले वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ४६ वर्षीय पैदलयात्री पद्मा उपाध्यलाई गर्दा ठक्कर दिएको हो । घाइतको कर्णाली केयर हस्पिटल सुर्खेतमा उपचार भईरहेको छ ।
मोटरसाइकल चालक कालिकोटको खाडाचक्र नगरपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातापानि बस्ने १८ वर्षीय समिर पाण्डे रहेका छन् ।
प्रहरीका अनुसार उनि घाइतेको उपचारका खटिएका छन् भने मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया