काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रतिनिधिसभा सदस्यसमेत रहेका पार्टीका सचिव प्रेम सुवालले जनाएका छन् ।राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कांग्रेस र एमालेको दृष्टिकोणमा अन्तर नभएको जनाउँदै निर्वाचनमा सहभागी नहुने निर्णय भएको सुवालले बताएका छन् । उनी भन्छन्, ‘आज मिति २०७९ फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल भयो । राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर छैन ।’
राष्ट्रपति निर्वाचनमा नेमकिपाका सांसदको मतभार २२३ रहेको छ । प्रतिनिधिसभामा नेमकिपाका १ र वाग्मती प्रदेशसभामा ३ सांसद रहेका छन् ।



दर्शन खबर । २५ फाल्गुन २०७९, बिहीबार