
दुर्गा विसि । सल्यान । लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ ११३ औं श्रमिक महिला दिवस सल्यान पश्चिममा बिबिध कार्यक्रम गरि मनाईएको छ । प्रभाकर मावि देवस्थलबाट सुरु भएको र्यालि सल्लिवजार हुदै पुनः सोहि विद्यालयमा आयोजित कुर्सी दौड र घैटौफोर प्रतियोगिता आयोजना गरिएको थियोे ।प्रतियोगिहरुलाइ पुरस्कारको समेत व्यवस्था गरिएको थियोे ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विविध कार्यक्रम गरि सल्लिवजारमा मनाईएको छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा समेत दिएको छ ।
नेपालमा यस वर्ष लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस सल्यान लगायत देशभर मनाईएको छ ।बनगाड कुपिण्डे नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको थियोे ।
११३ औ श्रमिक महिला दिवस सफल पारौ महिला हिंसा बन्द गरौ , बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाउदै देवस्थल सल्लिवजार हुदै प्रभाकर माविमा पुगेर कार्यक्रमका विच समापन गरिएको थियोे ।कार्यक्रम नगर प्रमुख कर्ण वहादुर वुढाथोकि,उप प्रमुख पुरुषत्तोम आचार्य,निम्ति प्रमुख प्रशाकिय अधिकृत वासुदेव पोख्रेल,वडा अध्यक्ष धनवहादुर पुन,गणेश विसि,विभिन्न महिला समुह र विभिन्न शाखाहरुबाट प्रतिनिधित्व रहेको जनाएको छ ।महिला बालबालिका शाखा प्रमुख निरु शाहीको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मि शाही चन्दले गर्नु भएको थियोे ।


दर्शन खबर । २४ फाल्गुन २०७९, बुधबार