जारी केपिएलमा न्यु होराइजनको जित, हिमालयन ५ विकेटले पराजित

सुर्खेत, १८ बैशाख
सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ ।
समुह ’बि’ अन्तर्गत न्यु होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ । महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ । अब भोलि बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समुहबाट सेमीफाइनल पुग्ने २ टिम निश्चित हुनेछ। समुह ’ए’ बाट कर्णाली(११ सेमीफाइनाल प्रवेश गरिसकेको छ भने अर्को १ टिमको टुंगो आज हुने त्रिभुवन आर्मी र मध्यपश्चिम क्रिकेट क्लब बीचको खेल पछि लाग्नेछ ।
कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको न्यु होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।
हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वा्धिक २५ रन बनाए ।
होराइजनका बलर अर्जुन रायमाझीले सर्वा्धिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २र२ विकेट लिए ।
९३ रनको लक्ष्य न्यु होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो। निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हाँसिल गर्यो। सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए ।
हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन ।
खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी चुनिए ।

तपाईको प्रतिक्रिया