
सुर्खेत । कर्णाली प्रदेशले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ ।
विगतको समयमा आफ्नै जनस्वास्थ्य प्रयोशाला नहुँदा विभिन्न समस्या व्यहोर्नु परेको कर्णाली प्रदेशले प्रयोगशाला संचालनमा ल्यायपछी सहज हुने भएको छ ।
जुनसुकै रोगको परिक्षण गर्न प्रदेश बाहिर पठाउनु पर्ने बाध्यता हुदै आएकोमा अव उक्त समस्या समाधान हुने अपेक्षा लिईएको छ ।
सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने प्रतिबद्धता जनाए । उनले, ‘प्रयोगशाला संचालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकसित गर्ने जानकारी दिए ।
प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए । अन्य प्रदेशमा परीक्षण हुन नसकेकारोगहरुपनी पनि यही प्रयोगशालाबाट हुने उनले उल्लेख गरे ।
दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने विश्वास लिईएको छ ।


दर्शन खबर । १९ फाल्गुन २०७९, शुक्रबार