
सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुलाई अभिमुखिकरण गरिएको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन आज सुर्खेतमा गठबन्धनमा रहेका आठ दलले कर्णाली प्रदेशका सांसदहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
शिर्ष नेतृत्वले आफ्ना सांसदहरुलाई बदलिँदो राजनीतिक अवस्था, भावी रणनीतिका साथै राष्ट्रपतिमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेललाई जसरी पनि राष्ट्रपतिमा विजयी गराउनु पर्ने आवश्यकताका बारेमा प्रशिक्षण दिईएको हो ।
राष्ट्रपतिको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा फागुन १२ गते बनाइएको आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सामेल भएका छन् ।
अभिमुखिकरणमा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा लगायतका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।


दर्शन खबर । १९ फाल्गुन २०७९, शुक्रबार