काठमाण्डौँ । गायक राजेश पायल राईले अभिनेता पल शाहलाई अब नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्न सुझाव दिएका छन् । मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै राईले आगामी दिनमा देशभक्तीका कथाहरू भएका चलचित्रका अभिनय गरेर अघि बढ्न सुझाव दिएका हुन् । ब्लाइन्ड डेटु को निर्माण टिमले दर्शकलाई यसरी उल्लु बनायो उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्नुपर्ने बताए। बलात्कार आरोपमा सफाइ पाएसँगै सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह मंगलवार काठमाडौं आइपुगेका हुन्।


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार