हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ मालारानी स्थित जन ज्ञान भण्डार माध्यामिक विद्यालयको प्राङ्गण भित्र रहेको खानेपानी विद्यालय र स्थानीयहरुले एउटै धारा बिगत देखि प्रयोग गर्दै आएका छन् । एउटै धारा विद्यालय र स्थानीयहरुले प्रयोग गर्दा दुबै पक्षमा समस्या भएको देखिन्छ । विद्यालयमा निर्माण कार्य हुँदा पानी आवश्यकता अनुरुप उपलब्ध नहुँदा विद्यार्थीहरुले आवश्यकता अनुसार शुद्ध पानी पिउन नपाउने र शौचालयमा पनि प्रशस्त पानीको अभावसङ्गै विद्यालयको बिच खेलमैदानबाट फोहोर पानी बग्दा विद्यालयका अतिरिक्त क्रियाकलापमा बाधा पुगेको छ । यता स्थानीयवासीले पनि सोही धाराको पानी प्रयोग गर्दा आवश्यकता अनुसार शुद्ध पानी पिउन समस्या सङ्गै घर तथा व्यक्तिगत सरसफाईमाझन समस्या भएको स्थानियले बताएका छन् । यस बिषयमा एक विद्यार्थीले भने ‘हामी पानी पिउन धारामा जान्छौ । तर स्थानीयहरु खुल्ला रुपमा नुहाएको देख्दा हामी लाजले पानी नपिएरै कक्षाकोठा फर्किन्छौ ।’ उता स्थानीयहरुले पनि उस्तै गुनासो व्यक्त गरेका छन । स्थानीय बजार र विद्यालयको एउटै धारा हुँदा पिउने पानी सङ्गै सरसफाई का लागि खुल्ला ठाउँमा नुहाउनु पर्ने लज्जास्पद भएको बताएका छन् ।
विद्यालय भौतिक निर्माण तथा यस खानेपानीको योजनामा लाखौका योजना भएता पनि यस बिषयमा कुनै पनि निकायको चासो नभएको देखिन्छ पाईएको छ । एउटै धारा हँुदा बिद्यार्थी र स्थानीय बिच पटक पटक झगडा भएको एक बिधार्थीले जानकारी दिए । उनले भने ‘हामी पानी पिउन धारामा जान्छौ त्याहा स्थानीय खुल्ला रुपमा नुहाउदै गर्दा पानी पिउन लामो समय सम्म कुर्दा एक घण्टीको समय नै गएको हुन्छ र त्यही बिषयमा हाम्रो झगडा हुन्छ ।’‚ यस बिषयको समस्या विद्यालय र वडा सरकार लाई थाहा भएप्नि अहिलेसम्म पनि कुनै सुनवाई हुन सकेको छैन । यस गुनासो सङ्गै बिधालयको बिच खेलमैदानबाट रातामाटा जाने पैदल मार्ग पनि विद्यालयको बिच मैदान बाटै हुँदा विद्यालय र स्थानीय बिच विवाद भएको छ । यता विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डिसिले स्थानीयवासलिई बाहिरको छुट्टै पानीको ब्यबस्थापन गर्न वडा कार्यालयलाई पटक पटक जानकारी गराएको भएपनि वडाले कुनै पनि चासो नदिएको जानकारी दिए ।


दर्शन खबर । १३ फाल्गुन २०७९, शनिबार