सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाण्डौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय छ ।राप्रपाले विज्ञप्तिमा लेखेको छ, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ ।’


तपाईको प्रतिक्रिया