राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आठ दलको सहमति

काठमाण्डौँ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली काग्रेस भएको हुँदा कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याएको बताए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’

बालुवाटरमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी रहेका थिए । पुरानो गठबन्धनमा रहेका पाँच पार्टीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि कांग्रेसलाई सघाउन तयार भएका हुन् ।


तपाईको प्रतिक्रिया